महिला टी–२० विश्वकप : पाकिस्तानलाई पन्छ्याउँदै अस्ट्रेलियाको तेस्रो जित
दुबई । आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानमाथि ९ विकेटको सहज जित हासिल गरेको छ । प्रतियोगितामा अस्ट्रेलियाको लगातार तेस्रो जित हो ।
पाकिस्तानले प्रस्तुत गरेको ८३ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । रिटायर्ड हट हुनअघि कप्तान एलिसा हिलीले २३ बलमा सर्वाधिक ३७ रन बनाइन् । उनले ५ चौका प्रहार गरिन् ।
अलिसा पेरीले २३ बलमा २२ रनको योगदान दिइन् । बेथ मुनीले १५ रन तथा एस्ली गार्डनरले ७ रन जोडिन् । पाकिस्तानका लागि सादिया इक्बालले १ विकेट लिइन् ।
यसअघि गार्डनरले घातक बलिङ गर्दै ४ विकेट लिएपछि पाकिस्तान सस्तोमा समेटिएको थियो । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएपछि पाकिस्तान १९.५ ओभरमा ८२ रनमा अलआउट भएको थियो ।
पाकिस्तानका लागि आलिया रियाजले सर्वाधिक २६ रन बनाइन् । सिदरा अमिन र इराम जाभेदले १२–१२ रन बनाए । निदा दारले १० रन जोडिन् ।
अस्ट्रेलियाका लागि एनाबेल सदरल्याण्ड र जर्जिया वेरहामले २–२ विकेट लिए भने मेगन स्कट र सोफी मोनिलक्सले १–१ विकेट हात पारे ।
समूह ए मा अस्ट्रेलिया ३ खेलबाट ६ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । टोलीले अब अन्तिम खेलमा दोस्रो स्थानमा रहेको भारतको सामना गर्नेछ । पाकिस्तान भने २ अङ्कसहित चौथो स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण