उन्डाभको गोलमा जर्मनीको जित
शनिबार, २६ असोज २०८१, १० : ३१
साराजेभो । डेनिज उन्डाभको दुई गोलको मद्दतले जर्मनीले यूईएफए नेसन्स लिगमा बोस्निया हर्जगोभिनालाई पराजित गरेको छ । शुक्रबार राति जर्मनीले २–१ गोलको जित हासिल गर्न सफल भयो ।
स्टुटगार्टका स्ट्राइकरले खेलको ३० औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । ६ मिनेटपछि उनले टोलीको अग्रता दोब्बर बनाए । मात्र दोस्रो सुरुवातमा उनले टोलीका लागि तीन गोल गरिसकेका छन् ।
खेलमा उनले ह्याट्रिक पुरा गर्ने अवसर पाएका थिए । तर, उनको गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
खेलको ७० औँ मिनेटमा ३८ वर्षीय एडिन जेकोले सर्बियाका लागि एक गोल फर्काए पनि टोलीले बराबरी गोल भने गर्न सकेन ।
लिग ए को समूह तीनमा रहेको जर्मनी ७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । बोस्निया हर्जगोभिाना मात्र १ अङ्कसहित पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण