उनन्तीस खानेपानी योजना सम्पन्न
आइतबार, २७ असोज २०८१, १३ : ११

तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् ।
गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक योजना सम्पन्न भएका डिभिजन कार्यालयकी इन्जिनियर बिनु लोहनीले जानकारी दिए ।
प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत योजना हुन् । सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित,पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् ।
आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन