लाजै लाग्ने गरी पहेँलो भएका छन् दाँत ? घरेलु उपायबाट यसरी गर्नुस् सफा
काठमाडौँ । हाँस्दाखेरि पहेँलो देखिने दाँत त कसलाई पो मन पर्ला र ? कतिपय मानिसहरू दाँत पहेँलो भएकै कारण खुलेर हाँस्न सक्दैनन् । मुस्कानले मान्छेको सुन्दरता बढाउँछ । यस कुरामा कुनै शङ्का छैन ।
तर हाँस्नु अघि तपाईँले सोच्नु पर्यो भने के हुन्छ ? त्यो पनि आफ्नो दाँत सफा नभएको वा पहेँलो भएको कारणले गर्दा । दाँत सफा भएन भने हामी खुलेर हाँस्न पनि सक्दैनौँ ।
पहेँलो दाँतले मुखको स्वास्थ्यलाई पनि झल्काउँछ । खानपिनका कयौँ बानीका कारण दाँत पहेँलो भएको हुन सक्छ । साथै धूम्रपान सुर्तीजन्य पदार्थ र मसलाको सेवन पनि यसको कारण हुनसक्छ । धेरै मानिसहरू दाँत पहेँलो हुने समस्याबाट ग्रसित छन् । ब्रस गर्दा पनि दाँतको पहेँलोपन हट्दैन ।
दाँत पहेँलो भएको छ भने दन्त चिकित्सककहाँ गएर पनि सफा गराउन सकिन्छ । तर हरेक पटक त समय र पैसाका कारण पनि यस्तो गर्नु सम्भव हुन्न । यस्तो अवस्थामा केही घरेलु उपायहरूले यो समस्या हटाउन मद्दत गर्न सक्छ ।
- एप्पल साइडर भिनेगर
पहेँलो दाँत सफा गर्न एप्पल साइडर भेनेगरको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि १ कप पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाएर माउथवाश बनाउनुस् । अब यो घोललाई मुखमा ३० सेकेन्डसम्म राखेर ब्रस गर्नुस् अनि कुल्ला गर्नुस् । तर यो घोललाई धेरै भने प्रयोग गर्नु हुन्न । यसका लागि एकपटक आफ्नो दन्त चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।
- फलफूलको बोक्रा
पहेँलो दाँत सफा गर्न कागती, सुन्तला र केराको बोक्रा प्रयोग गर्न सकिन्छ । यसले दाँतमा जमेको पहेँलो तह सफा गर्न मद्दत गर्न सक्छ । यी बोक्रामा पाइने कम्पाउन्ड डी–लिमोनिन वा साइट्रिक एसिडले दाँतलाई सेतो बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । यी फलफूलका बोक्रालाई बिस्तारै आफ्नो दाँतमा २ मिनेटसम्म रगड्नुस् अनि ब्रस गर्नुस् । दाँतको पहेँलोपना घटेर जानेछ ।
अस्वीकरण (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण