पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा, भारत समूह चरणबाटै बाहिरियो
शारजाह । पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्याण्ड महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएर पाकिस्तानलाई जितका लागि १११ रनको लक्ष्य दिएको थियो।

न्युजिल्याण्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन् । उनले २९ बलमा २८ रनको इनिङ्स खेलिन् । ब्रुक ह्यालिडेले २२ रन जोडिन् भने जर्जिया प्लिमरले १७ रन जोडिन् । पाकिस्तानका नसरा सन्धुले ३ विकेट लिइन् ।
जवाफमा पाकिस्तानी टोली ११.४ ओभरमा ५६ रनमा अलआउट भयो। पाकिस्तानी टोलीको सुरुवात खराब रह्यो । टोलीले पहिलो ६ ओभरमा २८ रन बनाएर ५ विकेट गुमाएको थियो ।
ओपनर आलिया रियाज शून्य, इरम जावेद ३ र सदफ शम्स २ रन बनाएर आउट भएकी थिइन् । पहिलो ओभरमा फ्रान जोन्सले दुई विकेट लिए ।

खराब सुरुवातपछि पाकिस्तानको टोली मध्य ओभरमा नै विखण्डित भयो । टोलीले ५.४ ओभरमा २८ रनमा अन्तिम ५ विकेट गुमाएको थियो ।
पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडिन् । यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अङ्क पनि पार गर्न सकेनन् ।खेलको प्लेयर अफ द म्याच इडेन कार्सन घोषित भइन् । उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिइन् । अमेलिया केरले ३ विकेट लिइन् ।
समूह ए बाट अस्ट्रेलिया र न्युजिल्याण्ड सेमिफाइनलमा पुगेका छन् । जबकि भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण