१० खेलाडीमा सीमित फ्रान्सले बेल्जियमलाई हरायो
ब्रसेल्स । १० खेलाडीमा सीमित बनेको फ्रान्सले बेल्जियमलाई पराजित गर्न सफल भएको छ । यूईएफए नेसन्स लिग अन्तरगतको खेलमा फ्रान्स २–१ गोलले विजयी बनेको हो ।
पहिलो हाफमा विलियम सालिबाले लोइस ओपेन्डालाई लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो । तर, योरी टेलेमान्सले त्यसलाई सदुपयोग गर्न सकेनन् ।
पछि वोट फेसले ह्यान्डबल गरेपछि फ्रान्सले पनि पेनाल्टी पायो । ३५ औँ मिनेटमा कोलो मुनाईले त्यसलाई गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
बेल्जियमले पहिलो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्कायो । ओपेन्डाको गोललाई पहिले अफसाइड भन्दै रद्द गरिए पनि पछि भीएआरले त्यसलाई गोल दिएको थियो ।
पछि मानु कोनेले फ्रान्सका लागि गोल गरेका थिए । तर, कोलो मुनाईले ह्यान्ड बल गरेको भन्दै उक्त गोल रद्द गरियो । ६२ औँ मिनेटमा कोलो मुनाईले लुकास डिग्नेको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाए ।
फ्रान्स अन्तिम १४ मिनेट १० खेलाडीमा सीमित बनेको थियो । कप्तान औरेलियन टुअमानीले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, बेल्जियमले बराबरी गोल फर्काउन सकेन ।
समूह ए२ मा फ्रान्स ९ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । बेल्जियम भने ४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण