धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
मङ्गलबार, २९ असोज २०८१, ०७ : ५७
झापा । झापामा एक व्यक्तिले सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन्
४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर कर्तव्य गरी फरार भएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको संयुक्त टोली संयुक्त खटिएको थियो । टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको हतियारसहित फेला पारेको थियो ।
चौहानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण