भारत-क्यानडाबिचको कूटनीतिक तनावमा कांग्रेसले के भन्यो ?
नयाँ दिल्ली । भारतीय कांग्रेस महासचिव जयराम रमेशले भारत र क्यानडाबीचको कूटनीतिक तनावको विषयमा विपक्षी दललाई विश्वासमा लिन सरकारलाई सुझाव दिएका छन् ।
उनले ट्विट गर्दै लेखेका छन्, ‘भारतीय राष्ट्रिय कांग्रेस पक्कै पनि प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–क्यानडा सम्बन्धको अत्यन्तै संवेदनशील र नाजुक मुद्दामा संसदका दुवै सदनका नेता, विपक्षी र अन्य राजनीतिक दलका नेताहरूसँग भेट गर्नेछन् भन्ने आशा र अपेक्षा गर्दछ ।'
खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको तनाव चरम सीमामा पुगेको हो।
विवाद बढ्दै जाँदा भारतले ६ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका थिए ।
राजधानी ओटावामा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले क्यानडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीलाई आपराधिक गतिविधिबारे प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको दाबी गरेका थिए।
सोमबार क्यानडाले निज्जर हत्या प्रकरणको अनुसन्धानमा भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य केही अधिकारीको नाम उल्लेख गरेको थियो ।
यसपछि भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसैबीच भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई समेत देश निकाला गर्ने निर्णय गरेको छ ।
क्यानडाले भारतसँग साझा गरेको कूटनीतिक सञ्चारमा क्यानडाका लागि भारतका उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई जुन २०२३ मा खालिस्तान समर्थक कार्यकर्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण