९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा मंगलबार पाकिस्तान जाँदैछन् । सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान जान लागेका हुन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरले सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागिता जनाउने छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका थिए । तर मोदी पाकिस्तान नजाने भएपछि विदेशमन्त्री जयशंकरले भारतको प्रतिनिधित्व गर्न लागेका हुन् ।
करिब ९ वर्षमा पहिलो पटक भारतीय विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गर्दैछन् । यसअघि डिसेम्बर २०१५ मा भारतको तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तान भ्रमण गरेकी थिइन् । मंगलबार सुरु भएर बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा सहभागी हुन लागेका भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानमा २४ घण्टाभन्दा कम समय बिताउनेछन् ।
भारत र पाकिस्तानबिचको सम्बन्ध त्यति राम्रो नरहेको अवस्थामा भारतीय विदेशमन्त्रीको भ्रमण हुन लागेको छ । यद्यपि भारतीय विदेशमन्त्रीले पाकिस्तान सरकारका प्रतिनिधिसँग भ्रमणका क्रममा छुट्टै भेट नगर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण