कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ : अध्यक्ष ढकाल
काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल-भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताए । कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गरे । उनले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभूत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गरे । उनले अधिकांश सडकहरु पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताए ।
उनले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण हुने दाबी गरे । उनले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताए ।
उनले भने, ‘कोरला नाका नेपालको लागि निकै महत्वपूर्ण नाका हो । भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाकाको रुपमा यो नाका रहेको छ । अहिले सडक पूर्वाधारको हिसाव गर्दा सुनौलीदेखि यहाँसम्म सडकको पूर्वाधार बनेको छ । धेरै जसो ठाउँमा पिच भइसकेको छ भने कतिपय ठाउँमा यसलाई सुधार गर्नुपर्छ । सडकको हिसावले सुनौलि नाकादेखि यो कोरला नाका जोडिसकिएको अवस्था छ । नेपाल आउने अधिकांश पर्यटकहरुमध्ये, जस्तो पोखरा आउने अधिकांश पर्यटकहरु करिव ५० प्रतिशतमध्ये अधिकांश पर्यटक कोरला नाका, मुस्ताङ आउँछन् । त्यसैले पनि पर्यटनको हिसावले पनि यो नाका त्यत्तिकै महत्वपूर्ण छ ।’
अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताए । नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसावले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रुपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण