आमरण अनसन बस्ने रुबी खान लगायतका आन्दोलनकर्मीहरूको चेतावनी
काठमाडौँ । बाँकेकी निर्मला कुर्मी लगायतको न्यायका लागि काठमाडौँमा आन्दोलन गर्दै आएका आन्दोलनकर्मीहरूले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । रुबी खान लगायतका आन्दोलनकर्मीहरूले आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।
निर्मला कुर्मीको न्यायिक आन्दोलन अन्तर्गत पाँचौँ चरणको आन्दोलनको आज ६८ दिन पुरा भएको छ । तर, आजसम्म पनि पीडकलाई पक्राउ नगरेको भन्दै उनीहरूले जतिबेला पनि कडा रूपमा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।
माइतीघर मण्डलामा धर्ना दिँदै आएका उनीहरूमा कतिपय डेंगु लागेर सिकिस्त बनेका छन् । कतिपयको नाकबाट रगत बग्ने, ज्वरो, टाइफाइड, रुघाखोकी जस्ता समस्याबाट ग्रसित भएर समेत आन्दोलन गर्दै आएका हुन् ।
सरकार र सत्तारुढ दलले निरन्तर अभियुक्तलाई संरक्षण गर्दै आएकाले यसले थप पीडा र चिन्तित बनाएको खानले बताइन् । आफूहरू निर्मला कुर्मीले न्याय नपाउँदासम्म लडिरहने बताउँदै यसमा राज्य गम्भीर बन्न नसकेको बताइन् ।
‘हामीलाई तीज र दसैँ जस्तो महत्त्वपूर्ण चाडपर्वमा समेत न्याय नदिई हामीलाई माइतीघरमा रोकेर हाम्रो मुद्दालाई र हामीलाई कमजोर बनाउन लागेको छ । यसले सरकारको महिलाप्रतिको असंवेदनशीलता र हलुका मानसिकता देखिएको छ,’ खानले भनिन् ।
आउँदो शुक्रबारसम्म सरकारले आफ्ना माग पुरा नगरेको खण्डमा जुनसुकै समयमा पनि आमरण अनसन बस्ने उनको चेतावनी छ ।
कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका थिए । उनी मन्त्री बनेपछि उनीहरूले थप आक्रोशित बन्दै आन्दोलनमा होमिएका थिए ।
उनीहरूले चर्को विरोध गरेपछि शाहले पदबाट राजीनामा दिएका थिए । बाँकेको नेपालगन्ज–१७ की निर्मला २०७५ सालमा बेपत्ता भएकी थिइन् । त्यसपछि उनको नाममा रहेको घरजग्गा समेत अरूको नाममा सारिएको थियो ।
अपहरणपछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरी परेको छ । अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित २०७८ सालदेखि आन्दोलन गर्दै आएका छन् । २०७८ को असोजमा नेपालगञ्जदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका थिए । त्यसपछि माइतीघर मण्डलामा धर्नामा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण