समग्र मूल्यवृद्धि आधा भन्दा कम, खाद्यान्न र तरकारी भाउ आकासियो
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति दर आधा भन्दा धेरैले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यस्तो अवस्था देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा वार्षिक विन्दुगत रूपमा ३.८५ प्रतिशत मात्रै मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ८.१९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो मूल्यवृद्धिमध्ये खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति दर क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत थियो ।
समग्र मूल्यवृद्धि कम देखिए पनि समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडीमा १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत मूल्य बढेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टले गैरखाद्य क्षेत्रको मूल्यवृद्धि नियन्त्रणमा रहेको देखिए पनि अत्यावश्यक मानिने खाद्यान्न तथा तरकारीजन्य वस्तुमा भने भने मूल्यवृद्धि अहिले पनि नियन्त्रण बाहिर रहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण