धम्कीका कारण एकै दिन पाँच भारतीय विमान ‘इमर्जेन्सी ल्यान्डिङ’ गर्न बाध्य
काठमाडौँ । विमानमा बम राखेको धम्कीपछि मंगलबार पाँच भारतीय विमान ‘इमर्जेन्सी ल्यान्डिङ’ (आपत्कालीन अवतरण) गर्न बाध्य भएका छन् । ती विमानमा बम रहेको भन्दै सोशल मिडिया प्लेटफर्ममार्फत धम्की आएको सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा बम राखिएको सूचना पाउनासाथ सुरक्षा एजेन्सीले ‘अलर्ट’ जारी गर्दै ती विमानलाई ‘इमर्जेन्सी ल्याण्डिङ’ गराएको बताइएको छ । यसअघि सोमबार पनि मुम्बईबाट उडान भरेका तीन विमानमा विस्फोट गराउने धम्की आएको थियो ।
मंगलबार एयर इन्डिया एक्सप्रेसको जयपुरबाट अयोध्या हुँदै बेंगलुरु जाने विमान आइएक्स ७६५, स्पाइसजेटको दरभंगाबाट मुम्बई जाने विमान एसजी ११६, अकासा एयरको सिलीगुडीबाट बेंग्लुरु जाने विमान क्युपी १३७३ र एयर इन्डियाको दिल्लीबाट शिकागो जाने विमान एआई १२७ र अर्को एउटा विमानमा बम राखेको धम्की आएको थियो ।
तीमध्ये स्पाइसजेट र अकासा एयरको विमान सुरक्षित अवतरण गरिसकेको बताइएको छ । दिल्लीबाट शिकागो जाने एयर इन्डियाको विमानलाई क्यानडा डाइभर्ट गरिएको छ । यस्तै एयर इन्डिया एक्सप्रेसको विमानलाई अयोध्या एयरपोर्टमा सुरक्षा जाँच गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण