मेस्सीको ह्याट्रिक, अर्जेन्टिनाको गोल वर्षा
बुधबार, ३० असोज २०८१, ०८ : ०२
काठमाडौँ । कप्तान लियोनेल मेस्सीको शानदार ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध गोल वर्षा गरेको छ । स्थानीय समयअनुसार मंगलबार राति भएको खेलमा अर्जेन्टिना ६–० गोलले विजयी बनेको हो ।
खेलको १९ औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि उनले लाउटारो मार्टिनेज र जुलियन अल्भारेजका लागि गोलको अवसर सिर्जना गरे ।
६९ औँ मिनेटमा थियागो अल्माडाले टोलीका लागि चौथो गोल गरे । खेलको अन्त्यतिर २ मिनेटको अन्तरमा दुई गोल थप्दै मेस्सीले ह्याट्रिक पुरा गरे ।
जितसँगै अर्जेन्टिना १० खेलबाट २२ अङ्क बटुल्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । बोलिभिया १२ अङ्कसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण