रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा
बिहीबार, ०१ कात्तिक २०८१, १२ : २९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पार्टीको सक्रिय राजनीति गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको पार्टी अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार न्यौपानेले करिब एक महिना अघिनै पदबाट राजीनामा दिएका हुन् ।
‘पार्टीको एक्टिभ राजनीति गर्छु भन्नुभयो । उहाँ युवा तथा उमेर भएको व्यक्ति भएकाले पनि उहाँलाई खुसीसाथ हामीले राजीनामा स्वीकृत गरेर मार्ग दिएका हौँ‚’ देवकोटाले भने । न्यौपाने कानुन व्यवसायी हुन् ।
देवकोटाका अनुसार अनुशासन आयोगबाट राजीनामा दिएको ६ महिना कुलिङ पिरियड रहन्छ ।त्यसपश्चात् मात्र न्यौपाने पार्टी राजनीतिमा सक्रिय हुन पाउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण