आईपीएलको मेगा अक्सन नोभेम्बर अन्तिम साता
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि आगामी नोभेम्बरको अन्तिम साता मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुने भएको छ ।
भारतीय सञ्चारमाध्यमले बिहीबार जनाए अनुसार, नोभेम्बरको मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा हुनेछ । यसपटक आईपीएलको मेगा अक्सन साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिने समाचारमा जनाइएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने हालसम्म आधिकारिक रूपमा केही बताएको छैन । मेगा अक्सनअघि सहभागी क्लबहरूले रिटेन (आगामी सिजन पनि आफूसँग राख्ने खेलाडी) र रिलिज ( अन्य क्लबमा जान स्वतन्त्र छाडने खेलाडी) को सूचि सार्वजनिक गर्नु पर्ने हुन्छ । रिटेन र रिलिज सूचि सार्वजनिक गर्न क्लबहरूलाई अक्टोबर ३१ तारिखसम्मको समय दिइएको छ ।
आईपीएलको अघिल्लो संस्करणको मेगा अक्सन दुबईमा आयोजना गरिएको थियो । यसपटक रियादसँगै लन्डन वा सिंगापुरमा पनि अक्सन कार्यक्रम आयोजना गर्न सकिने बताइएको थियो । तर, अन्तिम समयमा आउर रियादमै अक्सन कार्यक्रम आयोजन गर्ने निर्णय लिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छायाँ बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण