राजनीति
विपक्षी दलको बैठकमा रास्वपाका ६ नेता सहभागी
शुक्रबार, ०२ कात्तिक २०८१, १० : १४
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको विपक्षी दलको बैठकमा रास्वपाबाट मात्रै ६ नेता सहभागी भएका छन् । सभापति रवि लामिछानेसहित ६ नेताहरु बैठकमा सहभागी भएका हुन् ।
बैठकमा रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जन सहभागी भएका हुन् ।
बैठकमा माओवादीबाट भने प्रचण्ड र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् । यस्तै आजपाबाट अध्यक्ष प्रभु साह सहभागी हुँदा सत्ता पक्षमै रहेपनि लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।
बानेश्वरमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुको विषयमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण