ओली सरकार असफल भएको विपक्षी दलको निष्कर्ष
काठमाडौँ । विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
यस्तै आजपाका अध्यक्ष प्रभु साहले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताए ।
यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत उनले बताए । उनका अनुसार बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकले निष्कर्ष निकालेको छ । यस्तै सरकार सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको जस्ता आरोप पनि विपक्षी दलले लगाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान बसेको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण