असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजार नेपाली बिदेसिए
काठमाडौँ । असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला छन् ।
३४ हजार १६९ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
असोजमा ६४२ म्यानपावर कम्पनीले २४ हजार ३९१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर आठ हजार ९३८ जना र जी–टु–जी मार्फत ८४० जना वैदेशिक रोजगारीमा गएका हुन् ।
असोजमा ७५ जना उच्च जनशक्ति, ३३० जना व्यावसायिक, पाँच हजार ७६३ जना अर्ध दक्ष, ३३ हजार ९१९ जना दक्ष र १३ हजार ४३८ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कले देखाएको छ ।
यो सङ्ख्या गत वर्षको असोज महिनाको तुलनामा दुई हजार ७१० जना कम हो । गत वर्षको असोजमा ५६ हजार २३५ जना वैदेशिक रोजगारीमा गएका थिए ।
चाडपर्वको महिना भएकाले असोजमा केही देखिएको छ । साउन महिनामा ५९ हजार ५७५ जना र भदौमा ५७ हजार ४९३ जना वैदेशिक रोजगारीमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण