मुग्लिनमा रविका समर्थकहरूद्वारा प्रदर्शन, धनराज र ऋषिकेशलाई कारबाही गर्न माग
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा उनका समर्थकहरूले ठाउँ-ठाउँमा विरोधसहित नाराबाजी गरेका छन् ।
रातको ११ बजिसक्दा समेत चितवनको मुग्लिनमा सयौँको संख्यामा रास्वपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सरकारले प्रतिसोधका आधारमा लामिछानेलाई पक्राउ गरेको, तर असली ठगहरूलाई भने उन्मुक्ति दिएको भन्दै विरोध जनाएका छन् । नाराबाजीका क्रममा एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङसहित वास्तविक सहकारी ठगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् ।
चितवन-२ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पक्षमा मुग्लिनमा भीड जम्मा हुने भएपछि प्रहरीले नारायणगढबाट मुग्लिनतर्फ आउने सडक अवरुद्ध पारेको छ ।
काठमाडौँबाट पोखरातर्फ जानेक्रममा प्रहरीले लामिछानेलाई कुरिनटारस्थित एपीएफको विपद् व्यवस्थापन केन्द्रमा खाना खुवाएको थियो । अहिले प्रहरीले लामिछानेलाई मुग्लिनबाट अगाडि लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण