रविको ३ मिनेटमा स्वास्थ्य परीक्षण, भने–अनुसन्धानमा सघाउँछु
पोखरा । शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पोखरा ल्याइएको छ । उनलाई गाडीबाट पोखरा ल्याइएको हो । पोखरा ल्याएपछि सबैभन्दा पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा उनको स्वास्थ्य परीक्षण गरिएको छ ।
लामिछाने इमरजेन्सी वार्डमा छिरेको ५ मिनेटमै निस्किएका थिए । रविसँगै उनकी श्रीमती निकिता पौडेल र रास्वपाका नेता कार्यकर्ताहरू पनि इमरजेन्सी वार्डमा सँगै छिरेका थिए भने अन्यलाई प्रवेश रोक लगाइएको थियो ।
स्वास्थ्य परीक्षण गराएर फर्किएपछि रविले पत्रकारसँग अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिए । ‘यो केसमा मैले धेरै भनिसकेको छु । अब अनुसन्धानलाई सघाउने काम गर्छु । कसैलाई केही भन्नु छैन,’ उनको छोटो प्रतिक्रिया थियो ।
पोखरा आउँदा सडक रोज्नुको कारण चाहिँ बाटो हेर्नका लागि यस्तो गरेको उनले सुनाए । ‘बाटो हेर्नुपर्यो भनेर आएको,’ सडकबाट किन आउनुभयो भन्ने प्रश्नमा उनको जवाफ थियो । लामिछानेलाई आइतबार मात्रै अदालतमा पेस गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण