चितवनमा जनयुद्ध लडेका नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरू चितवन पुगेका छन् ।
उनीहरूलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरूले स्वागत गरेका थिए । बेपत्ता योद्धा दण्डपाणि न्यौपाने र अन्य शहीदहरूको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरू चितवन पुगेका हुन् ।
न्यौपाने र अन्य शहीदहरूको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले विशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि प्रचण्ड ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई निम्ता गरिएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए । विभाजित भएका माओवादीका पुराना नेताहरूलाई आयोजकले एउटै मञ्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ ।
दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा हुने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने कार्यक्रम छ ।
जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरू विभिन्न समयमा पार्टी विभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउने प्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण