महमुद दर्विशका तीन कविता
१) धर्तीको कविता
एउटा बोझिल साँझ
कुनै दर्घटित गाउँमा
आउँछन् अर्धमुदित आँखामा
ती तीस वर्षहरू र पाँचओटा युद्ध
म कसम खान्छ कि
आउने समयले सुरक्षित राख्नेछ
मेरो मकैको खेती ।
एउटा गायकले गुनगुनाउँछ
आगो र केही अपरिचितहरूको बारेमा ।
साँझ एउटा अर्को साँझजस्तै छ
र गायकले गुनगुनाउँछ ।
तिनीहरूले उसलाई सोधे—
‘तिमी किन गाउँछौ ?’
उसले जवाफ दियो—
‘म गाउनलाई गाउँछु ।’
तिनीहरूले उसको छाती छामे
तर हृदय मात्रै भेटाए
तिनीहरूले उसको हृदय छामे
तर मान्छेहरू मात्रै भेटाए
तिनीहरूले उसको आवाजको खानतलासी लिए
तर दुःख मात्रै भेटाए
तिनीहरूले उसको दुःखको खानतलासी गरे
तर कैदखाना मात्रै भेटाए
तिनीहरूले कैदखानाको पनि तलासी लिए
तर आफूहरूलाई भेटाए नेल र हतकडीमा ।
००
२) भेट
उसले भनी—
‘हामी कहिले भेट्नेछौँ ?’
मैले भनेँ—
‘युद्ध समाप्त भएको
एक वर्षपछि ।’
उसले सोधी—
‘युद्ध कहिले समाप्त हुन्छ ?’
मैले भनेँ—
‘जब हामी भेट्नेछौँ ।’
००
३) भजन
जुन दिन मेरा कविताहरू
धर्ती थिए
म गहुँको डाँठको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
क्रोधित थिए
म नेल र हतकडीको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
ढुङ्गा थिए
म सानो नदीको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
विद्रोह थिए
म भूकम्पको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
तिता स्याउ थिए
म एउटा आशावादी मान्छेको साथी थिएँ ।
तर
जब मेरो कविता मह बन्यो
झिँगाहरूले ढाके मेरो ओठलाई ।
०००
प्यालेस्टिनी कवि दर्विश (१९४१–२००८)का कविताहरुलाई चन्द्र गुरुङले अनुवाद गरेका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण