झापामा सवारी दुर्घटना, १ जनाको मृत्यु
झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नंको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नंको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।
राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनी गरेका छन् । बस चालक जिल्ला घेरादह नगरपालिका–१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण