काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको छ : अध्यक्ष यादव
जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
काङ्ग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ॠण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरुविरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए ।
जिल्ला अध्यक्ष रामप्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा.सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर यादव सहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरुबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण