सिनवार मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ?
काठमाडौँ । इजरायली आक्रमणमा परी हमासका प्रमुख मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ? गाजामा जारी युद्धविराम होला वा नहोला ? भन्ने सर्वत्र चासो छ ।
गाजामा युद्धविराम हुने वा नहुने भन्ने विषय समेत हमासको नयाँ नेतृत्वकै हातमा निर्भर हुने देखिन्छ । नयाँ नेतृत्वमा हमासमा चर्चा सुरू भइसकेको छ ।
अधिकारीहरूका अनुसार हमासका नेताहरूमध्ये वरिष्ठताका आधारमा खलील अल हाया समूहको प्रमुख चयन हुने सम्भावना छ । उनी यसअघि सिनवारको सहायकका रुपमा कार्यरत थिए ।
हाल उनी कतारमा छन् । हायासँग हमासको नेतृत्व गर्ने र युद्धविरामलगायत वार्ता र समन्वयका लागि समेत राम्रो ज्ञान भएको अधिकारीहरूको दाबी छ ।
सिनवार यसअघि गतवर्ष अक्टोबर ७ को हमलाका मुख्य योजनाकार थिए । चरमपन्थी नेता सिनवार नेतृत्वमा भएकै कारण यसअघि युद्धविरामका लागि भएका प्रयासहरू असफल थिए । तर हमासले भने सिनवारको मृत्युपछि पनि युद्धविरामका लागि सर्तहरूमा फेरबदल नहुने दोहोर्याएको छ ।
यसअघि हमासले गाजाबाट इजरायलीहरूको फिर्ता, शत्रुताको अन्त्य, मानवीय सहायता हस्तान्तरण, र युद्धग्रस्त क्षेत्रको पुनर्निर्माणको सर्त राख्दै आएको छ ।
इजरायलले भने हमासले आत्मसमर्पण गर्नुपर्ने भन्दै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई आफ्नो हतियार त्याग्न र आत्मसमर्पण गर्न आह्वान गरेका थिए । तर हमासले भने आत्मसमर्पण असम्भव रहेको भनेको छ ।
हमासका एक अधिकारीले अन्तिम गोली रहँदासम्म लडिरहने दाबी गरे । शक्तिशाली राष्ट्रहरूसहित अन्तर्राष्ट्रिय समुदायले गाजामा युद्धविरामका लागि आह्वान गरिरहेका बेला अब हमासको नेतृत्वमा को आउने र उसले कस्ता अडान लिने भन्नेबारे सर्वत्र चासो छ ।
गतवर्ष अक्टोबर ७ को आक्रमणमा कम्तीमा १२ सय इजरायली सर्वसाधारणको मृत्यु भएको थियो । तर त्यसयता जवाफ कारबाहीमा इजरायलले गाजामा कम्तीमा ४२ हजारभन्दा धेरै सर्वसाधारणको हत्या गरिसकेको छ । इजरायलले गरिरहेको बमबारी अझैसम्म पनि रोकिएको छैन ।
सम्बन्धित समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण