हमासका नेता मारिएपछि अब गाजामा युद्ध रोक्न विश्व समुदायको आह्वान
काठमाडौँ । इजरायल-हमास द्वन्द्वका कारण पछिल्लो एक वर्षमा ठूलो जनधनको क्षति भइसकेकोमा पछिल्लो पटक हमासका नेता याह्या सिनवार मारिएपछि अब युद्ध रोकिनु उपयुक्त हुने धारणाहरू आइरहेको छ ।
अन्य शक्तिशाली राष्ट्र र नेताहरूले सिनवार मारिएपछि गाजामा युद्ध अन्त्य हुनुपर्ने र त्यसकालागि बातावरण बनाउन समेत आह्वान गरिरहेका छन् ।
तनाव बढाएर युद्ध भड्काउनेभन्दा पनि शान्तिको बाटोमा अघि बढाउन विश्व समुदायको चाहना व्यक्त भएको देखिन्छ ।
पछिल्लो पटक अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र जर्मन विदेशमन्त्री एनालेना बेरबकले संयुक्त वक्तव्यमार्फत् गाजामा युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । खासगरी अमेरिका र यसका युरोपेली सहयोगीहरूले हमास नेता सिनवार मारिएपछि युद्ध अन्त्य गर्नुपर्ने मत राखेका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपछि जो बाइडेनले पनि अब इजरायलले युद्ध रोक्नु उपयुक्त हुने धारणा राखेका थिए ।
त्यस्तै, हालै बेलायती प्रधानमन्त्री केयर स्टर्मरले पनि बर्लिनमा भएको पत्रकार सम्मेलनमा यस अवस्थाको अधिकतम फाइदा लिन र युद्धको अन्त्य हुने अवस्था सिर्जना गर्न अपिल गरेका छन् ।
'अब गाजामा युद्धविराम हुनुपर्छ, सबै बन्धकहरूलाई तुरुन्त र बिना शर्त रिहा गरिनुपर्छ,' उनको भनाइ थियो । तर गाजामा इजरायली गोलीबारी भने रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण