इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन
जेरुसेलम । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न आह्वान गरेको छ ।
दक्षिणी उपनगर दाहियाह र विशेष गरी हेरेट हरेइक र वरपरका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेको सन्देशमा भनेका छन्, 'तपाईं हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ । इजरायली सेना (आईडीएफ ) ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ ।'
यसैबीच लेबनानको पूर्वी बेका उपत्यका क्षेत्रको एक सहरमा इजरायली आक्रमणमा परी शनिबार एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार बालौल शहरको एक आवासीय भवनमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको र उक्त आक्रमणमा नजिकैको सोहमोर शहरका मेयर हैदर शाहला पनि रहेको जनाइएको छ ।
यसैबीच, उद्धारकर्ताहरूलाई उद्धृत गर्दै गाजाबाट प्राप्त समाचारमा गाजाको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी विगत दुई हप्तामा ४०० भन्दा बढीको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण