सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको खमेनीको घोषणा
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भएपनि हमास जीवित रहेको शनिबार घोषणा गरेका छन् । सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाएका छन् ।
खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने, “सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन, जो क्रूर र आक्रामक शत्रुविरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे।” सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्किएको भए नि निरन्तर अघि बढ्ने बताएका छन् ।
उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताएका छन् । इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उनले उल्लेख गरेका छन् ।
लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ । इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ, यद्यपि इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण