मेस्सीको ह्याट्रिक, मियामीको रेकर्ड
फ्लोरिडा । सुपरस्टार फुटबलर लियोनेल मेस्सीको ह्याट्रिकमा इन्टर मियामीले न्यु इंग्ल्याण्ड रिभोलुसनमाथि ६–२ को शानदार जित हासिल गरेको छ । योसँगै टोलीले मेजर लिग सकर (एमएलएस) मा एकै सिजनमा सबैभन्दा धेरै अङ्कको रेकर्ड बनाएको हो ।
यसअघि द रेभोलुसनले सन् २०२१ मा ७३ अङ्कको रेकर्ड बनाएको थियो । यो सिजन मियामीले ७४ अङ्क बनाउन सफल भएको छ ।
पाँच दिनको अन्तरमा दोस्रो ह्याट्रिक गरेका मेस्सीले स्थानीय समयअनुसार शनिबार राति भएको खेलमा उत्कृष्ट प्रदर्शन गरे । ५८ औँ मिनेटमा मैदानमा प्रवेश गरेका मेस्सीले बेन्जामिन क्रेमास्चीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए ।
त्यसपछि ३ मिनेटको अन्तरमा ७८ औँ मिनेट र ८१ औँ मिनेटमा उनले दुई गोल थपे । ८९ औँ मिनेटमा उनले अर्को गोल थप्दै आफ्नै ह्याट्रिक पूरा गरे l यो इन्टरमियामीको जर्सीमा मेस्सीको पहिलो ह्याट्रिक हो भने खेल जीवनको ५९ औँ ह्याट्रिक ।
गत मंगलबार २०२६ को विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा उनले ह्याट्रिकसहित दुईवटा गोलको अवसर सिर्जना गर्दा अर्जेन्टिना ६–० गोलले विजयी बनेको थियो ।
खेलमा लुइस सुवारेजले पनि पहिलो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गरेका थिए । यद्यपि, खेलमा अग्रता भने न्यु इंग्ल्याण्डले लिएको थियो । टोलीका लागि लुका लांगोनी र डायलिन बोरेरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । सुवारेजकाे गोलकाे मद्दतले टोली खेलमा फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण