मन फुलेर मखमली, तस्बिरहरू

काठमाडौँ । भक्तपुरको गुण्डुमा अहिले मखमली फूल टिप्न र माला गाँस्न कृषकहरू व्यस्त छन् । तिहारको समयमा अत्यधिक माग हुने र काठमाडौँ उपत्यकामा खपत हुने मखमली गुण्डुकै उत्पादन हुने भएकाले पनि कृषकको व्यस्तता बढेको छ ।
तिहार आउन अझै करिब २ हप्ता बाँकी रहँदा कृषकहरू आफ्नो बारीको फूल टिपेर बेच्न लैजाने र माला तयार गर्ने काममा व्यस्त भएका छन् ।
‘बिहान घाम उदाएसँगै हामी बारीमा आइसक्छौँ । खाना खाने बेलासम्म फूल टिप्छौँ अनि त्यसपछि दिउँसो माला गाँस्ने काम सुरु गर्छौँ । दिउँसो घाम लागेपछि फूल टिप्न हुन्न त्यसैले बिहानै टिप्छौँ,’ एक कृषक सुनिलले भने ।
मखमलीको केन्द्रको रूपमा रहेको गुण्डुमा जेठदेखि नै बेर्ना सार्ने गरिन्छ । भदौदेखि कात्तिकसम्मै मखमली फुलेर टिप्न योग्य भइसक्ने कृषकहरू बताउँछन् । एक सिजनमा कृषकहरूले एक रोपनी जग्गाबाट करिब एक लाखसम्म आम्दानी हुन्छ ।
‘एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला बनाउन सकिन्छ । पाथीको हिसाबले पनि फूल बेचिन्छ । थोकमा एउटा मालाको २५ रुपैयाँमा मात्रै बेच्दा पनि एक लाख आम्दानी हुन्छ,’ गुण्डुमा मखमली टिप्दै गरेकी सुनिता थोकरले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ