माओवादीको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि जिल्ला जिल्लामा रहेकाले तिहारअघि बैठक नबस्ने भएको हो ।
अध्यक्ष प्रचण्डले केन्द्रीय पदाधिकारी, स्थायी समिति, प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकको रायसुझावका आधारमा दसैँ र तिहारबिच केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका थिए । अब छठपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने सचिव दीनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए ।
‘अध्यक्ष जिल्ला दौडाहामा हुनुहुन्छ । अन्य साथीहरू पनि जिल्ला–जिल्लामा व्यस्त हुनुहुन्छ । छठ पर्वपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने भन्नुभएको छ । आवश्यक परे पदाधिकारी बैठक बस्छ’, शर्माले भने ।
केन्द्रीय समिति बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुको साथै नेताहरूको कार्यविभाजन, समाजवादी आन्दोलनको कार्यक्रम तय गर्ने माओवादी केन्द्रको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण