शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेलाई निरन्तरता
आइतबार, ०४ कात्तिक २०८१, १२ : ११
काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेले निरन्तरता पाएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको इन्योरेन्सका कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए ।
शिखर इन्योरेन्सको स्थापनाकालदेखि नै उनी यस इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् । बीमा क्षेत्रमा तीन दशकको अनुभव रहेका उनी यसअघि तत्कालीन एमरेष्ट इन्स्योरेन्समार्फत् बीमा क्षेत्रमा प्रवेश गरेका थिए ।
पाण्डेकै नेतृत्वमा शिखर इन्स्योरेन्स व्यवसाय र मुनाफाको आधारमा देशकै सबैभन्दा ठुलो निर्जीवन बीमा कम्पनी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण