काठमाडौँ महानगरले सुरु गर्यो ‘फेस्टिभल क्याम्प’
काठमाडौँ । कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आजदेखि सुरु भएको छ ।
आइतबार एक समारोहकाबिचमहानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरका विभिन्न १६ वटा केन्द्रमा सञ्चालन हुने फेस्टिभल क्याम्पको संयुक्त रूपमा उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि चाडबाडको छेको पारेर क्याम्प सुरु गरिएको बताइन् ।
उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले १६ वटा विभिन्न विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थीका लागि फेस्टिभल क्याम्प सुरु गरेका छौं । महानगरले गर्ने विभिन्न नयाँ आयामका कार्यक्रममध्ये यो पनि एक हो । यसअघि बुक फ्रि फ्राइडे कार्यक्रममा समेत उत्साहजनक सहभागिताका साथ प्रभावकारी कार्यान्वयन भएको छ । रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि भनेर चाडबाडको छेको पारेर क्याम्प सुरु गर्न लागेका हौँ ।’
क्याम्पमा नियमित रूपमा सञ्चालन हुने लेक्चरबेस क्लास नभएर सिर्जनात्मक शिक्षालाई प्रवर्द्धन गर्ने महानगरको तयारी रहेको डंगोलले बताइन् ।
क्याम्पमा गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्नेगरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् ।
क्याम्पमा महानगरपालिकाभित्रका १० कक्षामा अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुने महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण