ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रक बीच सहकार्य
आइतबार, ०४ कात्तिक २०८१, १४ : ४६
काठमाडौँ । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ ।
उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न “ग्रीन होम लोन” विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग प¥ुयाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण