बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त
हेटौँडा । बागमती प्रदेश लोकसेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन् । लामो समयसम्म रिक्त रहेको आयोगको अध्यक्षमा प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो ।
बागमती प्रदेश प्रमुख कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरिएको जानकारी गराएको हो ।
श्रेष्ठलाई प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा नेतृत्वमा विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख रहेको सिफारिस समितिले अध्यक्षमा सिफारिस गरेको थियो । प्रदेश लोक सेवा अयोग ऐन २०७६ अनुसार सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्री सहित विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख सदस्य रहने व्यवस्था छ ।
नवलपरासीको विनयी गाउँपालिका वडा नम्बर १ का श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रूपमा कार्यरत रहेका थिए । उनको शपथ ग्रहण कार्यक्रम भोली सोमबार हुने जनाइएको छ ।
यसअघि प्रदेश लोकसेवा आयोगका एक जना सदस्य सुर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् । उनले आफूभन्दा कनिष्ठ व्यक्तिलाई प्रदेश सरकारले आयोगको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । ढकालले प्रदेश प्रमुख समक्ष शुक्रवार नै राजीनामा बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण