राजनीति
अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन : कानुनमन्त्री चौरसिया
सोमबार, ०५ कात्तिक २०८१, १६ : ४०
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे छलफल गरेका थिए । देउवासँगको छलफलपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा अध्यादेश पेस गर्ने तयारी भइरहको चर्चाबिच मन्त्री चौरसियाले केही थाहा नभएको बताएका हुन् ।
‘अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन । प्रधानमन्त्री र गृहमन्त्रीजीले पनि मलाई केही भनेका छैनन् । पार्टी सभापतिजीले पनि केही भन्नु भएको छैन’, मन्त्री चौरसियाले भने । अध्यादेश ल्याउने विषयमा कांग्रेसका महामन्त्री गगन थापाले सोमबार देउवालाई भेटेर चासो व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण