सहकारी ठगी प्रकरण
रुपन्देहीमा छविलाल जोशीसँग बयान लिइँदै
सोमबार, ०५ कात्तिक २०८१, १७ : २५
बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी छ । सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीबेर अघि रुपन्देही ल्याइएको हो ।
कास्कीबाट भैरहवा ल्याइएका जोशीलाई अहिले बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
उनले भने, ‘बयान लिइरहेका छौँ, कति बेला सकिन्छ भन्न सकिन्न ।’ उनलाई पोखराबाट जहाजमार्फत रुपन्देही ल्याएको हो । सहकारी ठगीबारे बयान सकेपछि उनलाई फेरि पोखरा पठाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण