दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न नेपाल टेलिभिजनलाई सञ्चार मन्त्रालयको निर्देशन
सोमबार, ०५ कात्तिक २०८१, २० : २२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनलाई दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न निर्देशन दिएको छ ।
टेलिभिजनलाई पत्र लेख्दै मन्त्रालयले सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भइसकेकाले संस्थालाई दीर्घकालीन दायित्व पर्ने र दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न र गर्नुपर्ने अवस्था भए मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र गर्न निर्देशन दिएको हो ।
यस्तै सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को कार्यान्वयनको लागि सार्वजनिक सेवा प्रसारण नियमावली तर्जुमाको क्रममा रहेकाले नियमावलीमा समावेश गर्नुपर्ने कुनै विषय भए लिखित रूपमा मन्त्रालयमा उपलब्ध गराउन पनि भनिएको छ ।
नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) लाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्था स्थापना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न