दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न नेपाल टेलिभिजनलाई सञ्चार मन्त्रालयको निर्देशन
सोमबार, ०५ कात्तिक २०८१, २० : २२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनलाई दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न निर्देशन दिएको छ ।
टेलिभिजनलाई पत्र लेख्दै मन्त्रालयले सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भइसकेकाले संस्थालाई दीर्घकालीन दायित्व पर्ने र दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न र गर्नुपर्ने अवस्था भए मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र गर्न निर्देशन दिएको हो ।
यस्तै सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को कार्यान्वयनको लागि सार्वजनिक सेवा प्रसारण नियमावली तर्जुमाको क्रममा रहेकाले नियमावलीमा समावेश गर्नुपर्ने कुनै विषय भए लिखित रूपमा मन्त्रालयमा उपलब्ध गराउन पनि भनिएको छ ।
नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) लाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्था स्थापना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण