दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण
मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : १५
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर लगातार खस्किँदै गएको छ । मंगलबार बिहान पनि दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर ‘धेरै खराब’ रेकर्ड भयो ।
मंगलबार, दिल्लीको एक्यूआई ३१८ थियो । यो भनेको निकै खराबको श्रेणीमा पर्दछ । राजधानीका अन्य कयौँ स्थानमा पनि एक्यूआई २७८ देखि ३८७ सम्म मापन भएको थियो ।
विगत केही वर्षदेखि, जाडो मौसममा दिल्लीको वायुको गुणस्तर लगातार खतरनाक स्तरमा पुगिरहेको छ । यसैबिच, हावाको कम गतिका कारण दिल्लीमा मात्र नभई पूरै देशमा प्रदूषण स्तर बढिरहेको दिल्लीका वातावरणमन्त्री गोपाल राईले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण