सभामुखसहित संसदीय सभापति र प्रमुख सचेतकबिचको छलफल सकियो
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संसदीय समितिका सभापति र प्रमुख दलका सचेतक तथा प्रमुख सचेतकहरूसँगको छलफल सकिएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा समितिमा रहेका विधेयक रहेका विधेयककाबारेमा छलफल भएको समिति सभापतिहरूले बताएका छन् ।
छलफलमा संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई निर्देशन दिएका छन् । अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले गुनासो गरेका छन् ।
‘हामीले कुन समितिमा कुन विधेयक छ । त्यो विधेयक पास गर्न के समस्या रहेको छ । अहिलेसम्म कति काम भएको छ र कति समयमा पास गर्न सक्छौ भन्ने सभामुखको जिज्ञासामा हामी सबैले आआफ्नो तर्फबाट जवाफ दियौँ’, उद्योग समितिका सभापति अब्दुल खानले बैठकपछि भने, ‘सदनको बैठक सकिएपछि प्राय माननीयहरू आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ । त्यस कारण समितिका बैठक बस्न सकेको छैन अर्कोतिर बैठक बस्दा समेत चियानास्ताको समेत दिन सक्ने अवस्था छैन यो समस्या समाधान गर्नुपर्छ भन्ने कमन कुरा आएका छन् ।’
यसको अलवा संघीयता कार्यान्वयनको अवस्थामा निजामती कर्मचारी, प्रहरी विधेयक ल्याउनुपर्ने अवस्थामा संविधान संशोधनको समेत कुरा आइरहेको भन्दै कसरी सन्तुलन गर्ने भन्नेबारेमा सभामुखले बैठकमा राखेको खानले जानकारी दिए ।
बैठकमा कानुनमन्त्रीसहित उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण