बुद्धिजीवी सङ्गठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी सङ्गठनले सो रकम हस्तान्तरण गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सङ्गठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा सङ्गठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी सङ्गठनले लिएको पहलकदमीका लागि धन्यवाद दिए । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकदमी लिएको जानकारी दिँदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।
यसपटक विपतबाट ठुलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण