सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।
बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौँ, सय दिनको बिचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’, अध्यक्ष प्रचण्डले सरकारको विश्लेषण गर्दै भने, ‘विपक्षी दलहरूले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’
उद्योगहरूको बक्यौता महसुल उठाउन खोज्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले बताए ।
सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरूले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै पुर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने जानकारी गराए ।
उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौँमा खबरदारी सभा गर्न थालिएको बताए ।
पार्टीको पक्षमा देशव्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी सङ्गठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन प्रचण्डले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण