चितवनको प्रहरी प्रमुखमा गौतम मिश्रको सरुवा
भावेश रिमाल जिम्मेवारीमुक्त
बुधबार, ०७ कात्तिक २०८१, १७ : ३८
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ । चितवनमा कार्यरत भावेश रिमाललाई फिर्ता बोलाइएको छ । रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
एसपी मिश्र मानव बेचबिखन ब्युरोमा कार्यरत थिए । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पनि गृह मन्त्रालयमा तानिएका छन् । पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतीक बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए । सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ । कार्यक्षमतामा प्रश्न उठाउँदै प्रजिअ र एसपी तानिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण