लिभरपुलको शत प्रतिशत नतिजा कायम, एट्लेटिको स्तब्ध
काठमाडौँ । नयाँ म्यानेजर आर्ने स्लटको नेतृत्वमा लिभरपुलले च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । बुधबार राति भएको खेलमा टोलीले जर्मन क्लब आरबी लेइपजिगलाई १–० गोलले हरायो ।
टोलीको जितमा डार्विन नुनेजले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २७ औँ मिनेटमा नुनेजले मोहम्मद शालाहको पासमा गोल गरेका थिए । डच म्यानेजरको नेतृत्वमा लिभरपुलले सबै प्रतियोगितामा १२ मध्ये ११ खेलमा जित हात पारेको छ ।
३ खेलमा तीनवटै जितसहित लिभरपुल अङ्कतालिकामा दोस्रो स्थानमा छ । लेइपजिग भने हालसम्म अङ्कविहीन रहेको छ ।
बुधबार नै भएका अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड भने फ्रेन्च क्लब लिलसँग १–३ गोलले स्तब्ध बन्यो । इटालियन क्लब इन्टर मिलानले यङ ब्वाइजमाथि १–० को सङ्घर्षपूर्ण जित हात पार्यो ।
त्यस्तै, डाइनामो जाग्रेबले रेड बुल साल्जबर्गलाई २–० गोलले हराउँदा बेनफिका भने फेयेनुर्डसँग ३–१ गोलले पराजित हुन पुग्यो ।
बायर लेभरकुजन ब्रेस्टसँग १–१ बराबरीमा रोकिँदा सेल्टिक र एटलान्टाबिचको खेल गोलरहित बराबरीमा टुङ्गियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण