रवि र छविको म्याद थप सम्बन्धी बहस हुँदै गर्दा समर्थक र पीडितको छुट्टाछुट्टै प्रदर्शन
कास्की । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।
कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको हो । यसअघि अदालत खुल्नासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई म्याद थपका लागि उपस्थित गराएका छन् ।
यसैबीच उनीहरुको म्याद थप भइरहेको बेला अदालत नजिकै रास्वपाका कार्यकर्ता र पीडितहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
पोखरास्थित अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेधका रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका हुन् भने यस्तै सहकारी पीडितहरुले पनि मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका हुन् ।
दुई पक्षको प्रदर्शनबाट हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। रवि कात्तिक २ र छवि असोज ६ मै काठमाडौँबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण