राजकुमार ह्यारीको विवाहमा भारतको साँढे उपहार, आखिर किन ?
ब्रिटेनमा हुन लागेको शाही विवाहमा अब एक दिन मात्र बाँकी छ । ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मेगन मर्केलको विवाह शनिबार अर्थात् १९ मे मा हुँदैछ । यो शाही विवाहको संसारभरी चर्चा छ ।
ह्यारी र मेगनको विवाहमा उपहार नदिने शर्त लागु गरे पनि भारतले भने यो जोडीलाई विवाहको शुभकामनासहित साँढे उपहार दिने भएको छ ।
उपहारमा दिने भनिएको ‘मेरी–द इन्डियन बुल’ नामको साँढेलाई अहिले महाराष्ट्रमा राखिएको छ । राजकुमार ह्यारी र मेगनको सम्मानमा यसको नाम ‘मेरी’ राखिएको छ जुन मेगनको ‘मे’ र ह्यारीको ‘री’ बाट राखिएको हो । यो उनीहरुको विवाहका लागि सबैभन्दा अनौठो उपहार हुनेछ किनभने यी दुबैको पशुप्रेम कसैबाट लुक्न सकेको छैन ।
भारतमा पशु अधिकारका लागि काम गर्ने संस्था पिटाले उक्त साँढेलाई एडोप्ट गरेको हो । पेटाका कर्मचारीका अनुसार मेरीलाई कमजोर र घाइते अवस्थामा फेला पारिएको थियो ।
अहिले लण्डनमा चिसो भएकाले मेरीलाई त्यहाँ पठाउन नसकिने बताउँदै यसको तस्बिरलाई सुन्दर फ्रेममा राखेर पठाइने तयारी भएको बताइएको छ ।
पेटाका संस्थापक इन्ग्रिड न्यूक्रिक भन्छन्, ‘अब राजकुमार ह्यारी र मेगनले एक टनको साँढेलाई आफ्नो भन्न पाउनेछन् ।’
‘मेरीको उद्धार नै मेगन र ह्यारीको विवाहको उत्कृष्ट उपहार हुनेछ किनभने यी दुबैले आफ्नो विशेष दिन च्यारिटीबाट सुरु गर्दैछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण