कञ्चनपुर घटना : मृतक दम्पतीको टाउकोमा चोट देखियो, हत्या भएको आशङ्का
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : १७
काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमा मृत भेटिएका दम्पतीको टाउकोमा चोट देखिएको छ । ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायक शुक्रवार बिहान मृत भेटिएका हुन् ।
उनीहरूको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले रातोपाटीलाई बताए । उनले भने, ‘पत्नी कमलाको चाहिँ मुखमा पनि चोट देखिएको छ ।’
उनीहरूको हत्या भएको प्रहरीको आशङ्का छ । तालिमप्राप्त कुकुर परिचालन गरेर अनुसन्धान थालिएको डिएसपी जोशीले जानकारी दिए । टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने प्रहरीको आकलन छ । चिकित्सकले घाउ जाच परीक्षण गरेपछि कस्तो प्रकारको चोट लागेको भन्नेबारे पत्ता लाग्ने डीएसपी जोशीले बताए ।
अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय धनगढीबाट तामिल प्राप्त कुकुर घटनास्थलमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण