कर्णालीका स्थानीय तहलाई स्थानीय सेवा ऐन कार्यान्वयन गर्न निर्देशन
शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ०३

सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । एक पत्र लेख्दै कर्णालीका स्थानीय तहलाई भर्खर बनेको उक्त ऐन कार्यान्वयनमा लैजान निर्देशन दिएको हो ।
ऐन असोज २९ गते नै जारी भइसकेको छ । उक्त ऐनमा व्यवस्था भएका स्तर वृद्धि, सातौँ तथा पाँचौँ तह कायम गर्ने, कामकाजमा आएका कर्मचारीको पदस्थापन गर्ने, बढुवा गर्ने लगायतका व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन गरिएको छ ।
उल्लेखित कुराहरू ऐन अन्तर्गत बन्ने नियमावलीमा रहने व्यवस्था समेतका आधारमा गर्नुपर्ने भएकाले सोही बमोजिम गर्न, गराउन समेत मुख्यमन्त्री कार्यालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण