अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु
काठमाडौँ । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने छ ।
सम्मेलनको समुद्घाटन गर्दै शिक्षामन्त्री विद्या भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्,‘आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ र हामी उनीहरुले उत्पादन गरेका कुराहरूलाई उपभोग मात्रै गरिरहने हो भने नेपाली समाज अघि बढ्न सक्दैन । विज्ञानलाई जीवनसँग जोड्ने गरी काम गर्न आवश्यक छ ।’
विज्ञानलाई व्यवहारमा लागु गर्नेगरी काम गर्न आवश्यक रहेकोसमेत मन्त्री भट्टराईले बताएकी छन् ।
चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गरे । उनले भने, ‘हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ ।’
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराएका छन् ।
सम्मेलनको अध्यक्षता गरिरहेका प्रा. डा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यजस्ता समस्या समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई जोड दिए । उनले तीन दिनसम्म चल्ने सम्मेलनमा विज्ञानले देखाएका चुनौतीहरूको दिगो समाधान खोज्ने प्रतिबद्धताको लागि आह्वान गरे । ‘हामी सबैलाई सामना गर्ने चुनौतीहरूको नवीन जवाफ खोज्दै यो यात्रा सँगै अघि बढौँ,’ उनले आग्रह गरे ।
सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्त राज्य अमेरिका लगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण